महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालमा दुई जना विशेषज्ञ चिकित्सक थपिएका छन् । योसंगै अस्पतालमा १६ जना विशेषज्ञ चिकित्सक पुगेका छन् । अस्पतालमा सर्जनद्वय डा। धर्मानन्द जोशी र देबेन्द्र लेखक नयाँ आएका हुन् । उनीहरु दुबैलाई आइतबार मेडिकल सुपरिटेन्डेन्ट डा। अर्जुन भट्टको कार्यकक्षमा स्वागत तथा सम्मान गरिएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा। भट्ट र अस्पतालका अर्का नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा। प्रशान्त भट्टले फूल र खादा लगाएर नव आगन्तुक चिकित्सकद्वलाई स्वागत तथा सम्मान गरे ।महाकाली प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. भट्टले नयाँ आएका दुई चिकित्सक सहित अस्पतालमा ३५ चिकित्सक पुगेको र त्यसमा १६ जना विशेषज्ञ भएको बताए ।
ुवहाँहरु दुई जना आएपछि अस्पतालमा सबै गरी ३५ जना चिकित्सक पुगेका छौ, त्यसमा विशेषज्ञ मात्रै १६ जना भयौु उनले भने, ुअझै केही विशेषज्ञ आवश्यक छन्, त्यसका लागि पहल गरि रहेका छौ ।विशेषज्ञ जनशक्ति थपिएपछि अस्पताललाई सेवा प्रवाहमा सहज हुने मेडिकल सुपरिटेन्डेन्ट भट्टले बताए ।
अस्पतालमा नयाँ आएका दुबै चिकित्सक भीमदत्त नगरपालिकाका वासिन्दा हुन् । उनीहरुमध्ये जोशी वडा नं। ७र लेखक ६ नम्बरका वासिन्दा हुन् ।टीकापुर अस्पतालबाट सरुवा भएर आएका जोशीले यस पनि अस्पतालमा सेवा गरेका थिए । उनले पित्तथैलीको पत्थरी, एपेन्डिक्स र हर्नियाको उपचार दुरबनि प्रविधिबाट गर्ने तयारी थालिएको बताए ।
ुहर्निया, एपेन्डिक्स, खुट्टाको नशा, पित्तथैलीको पत्थरी, चोट लागेर छातीमा रगत जमेको, हावा भरिएको लगायतका उपचार अहिले छैनु उनले भने, ुकेही दिनपछि दुरबनि विधिबाट यी सबैको उपचार गर्ने गरी योजना बनाई रहेका छौ ।ु
शुक्लाफाँटा खबर
6795 posts
Comments are closed.