महेन्द्रनगर । । जिल्लाको मुटु सदरमुकाम खलंगामा रहेको ऐतिहांसिक ढुंगे अमरगढी किल्लामा जेसिज डडेल्धुराले नेपालको झण्ड लगाएको छ ।
नेपाल एकिकरणको साक्षि अमरगढी किल्लामा राष्ट्रिय विभूती अमरसिंह थापाको सालिकसंगै गत वर्ष नेपालको झण्डा गाडिएको थियो । तर झण्डा पुरानो भएर च्यातिएको थियो ।
च्यातिएको झण्ड फहराई रहेको अमरगढी नगरपालिका ५ मा अवस्थित किल्लामा नेपाल जेसिज डडेल्धुरा वर्ष २०२५ समितिले नयाँ झण्डा गाडेर फहराएको अध्यक्ष मोहन देउवाले बताए ।किल्लामा लगाईएको यो राष्ट्रिय झण्डा अहिले सम्मकै ठूलो हो ।
तीन मिटर लम्बाई भएको झण्डा गाडिएको अध्यक्ष देउवाले बताए ।ऐतिहांसिक किल्लामा च्यातिएको झण्ड फहराई रहेको देखेपछि नयाँ झण्डा गाडेको उनले बताए ।
जेसिज डडेल्धुराले पर्यापर्यटनसंगै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कामहरु गर्दै आईरहेको छ ।
केही दिन अघि मात्रै जेसिज डडेल्धुराले गन्यापधुरा गाउँपालिका ४ कैलापलमाण्डौमा रहेको भूवनेश्वरी माविमा अध्ययनरत १२ जना मानसिक अपांगता भएका बालबालिकाहरु लाई पोशाक उपलब्ध गरेको थियो ।
Comments are closed.