महेन्द्रनगर । धार्मिक आस्था सांस्कृतिक विविधता र प्राकृतिक सम्पदाको अनुपम बोकेको ऐतिहासिक जगन्नाथ बाबा मन्दिर सुदूरपश्चि प्रदेश नेपालको अमुल्य सांस्कृतिक र पर्यटकीय पर्यावरणीय सम्पदाक रुपमा रहेको छ।
दशरथ चन्द नगरपालीका वडा नं४गढीमा अवस्थित रहेको छ बैतडी जिल्लाको सदरमुकाम गढीमा स्थित जगन्नाथ मन्दिर बैतडी जिल्लाको सदरमुकाम गढी प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ ।
बैतडी जिल्लाका प्रमुख कार्यालयहरु रहेको गढीमा प्रायःजसो दैनिक रुपमा मानिसहरुको भिडभाड नै हुने गरेको पाइन्छ ।
अग्लो पर्वतमा रहेको गढीबाट बैतडी जिल्लाका चारैतिर रहेका भुभाग, दार्चुलाका हिमाल तथा भारतको उत्तराखण्ड अवलोकन गर्न सकिन्छ । गढी जिल्लाको सदरमुकाम भएर मात्र होइन, धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण रहेको छ ।
गढीको टाँकुरामा प्राचीन जगन्नाथको मन्दिरले पनि गढीको महत्वलाई झल्काएको पाइन्छ । भगवान शिवका रुपमा मानिदै आएका जगन्नाथ देवताको पूजा अर्चनाका लागि बैतडी तथा भारतको उत्तराखण्डबाट विभिन्न समयमा मानिसहरु दर्शन तथा पूजा अर्चनाका लागि आउने गर्दछन् ।
यसै मन्दिर नजिक नेपाली सेना पनि रहेकाले नेपाली सेनाले आफ्नो स्थापना दिवस लगायत विभिन्न अवसरमा जगन्नाथको पूजा गरी सलामी दिने गरेको पाइन्छ ।
यस मन्दिरमा सामान्य तया नित्य पूजा लाग्ने गरे पनि विशेष गरी सङ्क्रान्ती, पूर्णीमा, नवरात्री, शिव चतुर्दशी, श्रावण तथा माघ महिनामा पूजा लाग्ने गर्दछ । यस मन्दिरमा रहेका देवी देवताहरुका प्राचीन मुर्ती, त्रिशुल, घन्टी लगायत विभिन्न चिजवस्तुहरु हेर्नलायक छन् ।
यस मन्दिरमा नौहाट भट्ट र आइतका लेखकहरु पूजारीका रुपमा रहन्छन् भने यस क्षेत्रमा रहेका चन्द ठगुन्ना मार्कण्ड भट्ट, लेखक, बोहरा, कार्की, जोशी, पाण्डेय तिरुवा भूल तथा यस क्षेत्रका सम्पूर्ण थरीका मानिसहरुले पूजा अर्चना गर्दै आइरहेको पाइन्छ । बैतडीको धार्मिक पर्यटनका लागि जगन्नाथ मन्दिर महत्वपूर्ण रहेको छ ।
Comments are closed.