डडेल्धुरामा सर्पको डसाईबाट एक किशोरका मृत्यु

महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टको सर्पले डसेर मृत्यु भएको छ।

जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो।

तत्काल अस्पताल पु¥याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो।उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।

सम्बन्धित

Comments are closed.