महेन्द्रनगर । दोधाराचाँदनी नगरपालिकाको १४ औं नगर अधिवेशनको अवसरमा नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्ल्यूए० कञ्चनपुर लाई विशेष सम्मान प्रदान गरिएको छ।
नगरपालिकामा विपद् व्यवस्थापन र समग्र विकासमा पुर्याएको महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै नगरपालिकाले यो सम्मान प्रदान गरेको हो।
एनएनएसडब्ल्यूएका निमित्त कार्यकारी प्रमुख बिनोद बिक्रम जैरुलाई दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले दोसल्ला ओढाएर, टीका लगाई र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो।
नगरपालिकाका अनुसार, एनएनएसडब्ल्यूएले विगत ३४ वर्षदेखि विपद् व्यवस्थापनको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ, जसले यस क्षेत्रमा ठूलो सकारात्मक प्रभाव पारेको छ।
यस संस्थाले विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।संस्थाका तर्फबाट सम्मान ग्रहण गर्दै एनएनएसडब्ल्यूएका निमित्त कार्यकारी प्रमुख बिनोद बिक्रम जैरुले नगरपालिकाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
उहाँले यो सम्मानले आफूहरूलाई थप ऊर्जा र जिम्मेवारी बोध भएको बताउँदै आगामी दिनमा पनि विपद् न्यूनीकरण र समुदायको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जैरुले भन्नुभयो, “यो सम्मान हाम्रो टिमको अथक प्रयास र समुदायप्रतिको समर्पणको प्रतिफल हो। हामी यस क्षेत्रको विकास र सुरक्षित भविष्यका लागि सदैव प्रतिबद्ध छौँ।”सोही अधिवेशनमा एनएनएसडब्ल्यूएकै साझेदार निकायहरू लाई पनि सम्मान गरिएको थियो।
डिडिए नेपाल, नक्सा प्राली र मर्सिकोर नेपाल लाई नगरपालिकाले उनीहरूले विपद् व्यवस्थापन र स्थानीय विकासमा पुर्याएको योगदानको लागि कदर गरेको हो।
यी संस्थाहरूले एनएनएसडब्ल्यूएसँगको सहकार्यमा दोधाराचाँदनी क्षेत्रमा विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएका छन्,
जसले स्थानीय समुदायको जीवनस्तर सुधार गर्न र विपद् जोखिम कम गर्न मद्दत पुर्याएको छ।
Comments are closed.