भीमदत्तको पहिलो प्राथमिकतामा आम जनताको सुरक्षा, विपदमा सहजताका लागि सामग्री हस्तान्तरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बाढी र डुबानमा आम जनताहरुको सुरक्षालाई मध्ये नजर गर्दै उद्धारमा गर्न प्रयोग हुने सामग्रीहरु हस्तान्तरण गरेको छ । बाढी डुवानमा खोज उद्धारको लागि आईतवार समयमा उद्धार गर्न प्रयोग हुने मोटर बोट, लाईफ ज्याकेट सामग्रीहरु नेपाली सेनालाई हस्तान्तरण गरेको हो ।

पछिल्लो समय अहिले देशैभरमा मनसुन सक्रिय भएर वर्षात भईरहेको अवस्थामा कञ्चनपुरमा बाढी आउने, डुवान हुने भएकाले आम जनताहरुलाई तत्काल उद्धार गर्न सहजता होस भनेर मोटर बोट, लाईफ ज्याकेटहरु हस्तान्तरण गरीएको छ

। भीमदत्त नगरपालिका १८ भगतपुरमा रहेको बराह दल गुल्मलाई एक थान मोटरबोट, १० थान लाईफ ज्याकेट भीमदत्त नगरपालिका ९ मुसेट्टीमा रहेको भीमकुण्ड सामुदायिक विपद व्यवस्थापन समितिलाई ५ थान लाईफ ज्याकेट हस्तान्तरण गरीएको छ ।

यो विपदमा आम जनताहरुको जिउधनलाई पहिलो प्रथामिकतामा राखेर पालिकाले काम गर्ने योजना अनुरुप आज यी विभिन्न सामग्रीहरु हस्तान्तरण गरीएको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताउनु भयो ।

मनसुन सक्रिय भएको छ वर्षात पनि भईरहेको भएर यो वर्षमा पालिकाले विपदमा आम जनताको सुरक्षालाई ध्यानमा राखेर काम गर्ने भएको हुँदा यी सामग्रीहरुले खोज तथा उद्धारमा सहजता बनाउने उदेश्यका साथमा सामग्रीहरु हस्तान्तरण गरीएको नगर प्रमुख बोगटीले बताउनु भयो ।

यसैगरी, पालिका उपप्रमुख निलक लेखकले विगतका वर्षमा पनि पालिकाले फिल्ड मा खटिएर खोज तथा उद्धारको काम गरेर आम जनताहरको सुरक्षामा काम गरेको बताउनु भयो ।

यो वर्षमा पनि विपदमा आम जनताहरुको जिउधनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने र नेपाली सेना प्रहरी शसस्त्र प्रहरी नगर प्रहरलिाई पनि परिचालन गर्ने योजना रहेको बताउनु भयो ।

यी सामग्रीहरु विपदमा आवस्यक पर्ने भएकाले सम्बन्धित क्षेत्रलाई आज हस्तान्तरण गरिएको उहाँले बताउनु भयो ।

भीमदत्त नगरपालिकामा गठन गरीएका २१ वटा सामुदायिक विपद व्यवस्थापन समितिलाई पनि आवस्यक्ता अनुसार अन्य सामग्रीहरु पनि हस्तान्तरण गरीने विपद सम्पर्क व्यक्ती मनोज प्रशाद भट्टले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.