आज असार १० गते आज कञ्चनपुरका केही स्थानमा दिउँसो मध्यम देखी हल्का वषातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
साथै आज राती केही स्थानमा भारी वर्षातको सम्भावना रहेको र उक्त क्षेत्र भई बहने साना खोलामा बहाव बढ्ने सम्भावना छ । खोला तटीय र होचा क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्ने जस्तो भए घरभित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन्। खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउँमा चट्याङ परेका बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ ।
मौसमसम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट dhm.gov.np, फेसबुक एमएफडी डट नेपाल डट पाँच, ट्विटर डीएचएम अण्डरस्कोर वेदरमा गएर जानकारी लिन सकिन्छ साथै फोनबाट पनि मौसम सम्बन्धी जानकारी लिन सकिन्छ
जस्को लागी ११५५,वा 01-4113345, 01-4113191 मा फोन गरेर पनि मौसम बारेको जानकारी लिन सकिन्छ ।
Comments are closed.