महेन्द्रनगर । कञ्चनपुरमा ट्राभल व्यवसायीहरु, पर्यटकको क्षेत्रमा कार्यरत, होटल व्यवसायीका लागि तिन दिने “टुर प्याकेज डेभलोपमेन्ट तालिम” को आयोजना भएको छ । तिनदिन सम्म चल्ने उक्त तालिममा सीपयुक्त जनशक्ति तयार हुने, स्थानीय गन्तव्यहरूमा नयाँ प्याकेज तयार हुने नाटा सुदूरपश्चिम प्रदेश अध्यक्ष पदम विक्रम सिंहले जानकारी दिनु भयो ।

साथै उहाँले सुदूरपश्चिममा रहेका जती पनि पर्यटकिय गन्तव्यहरु रहेका छन् । ती गन्तव्यमा पर्यटक लैजाने तालिम रहेको बताउनु भयो । यो तालिम पश्चात आफनो व्यवसायीलाई अझै बढी व्यवस्थित रुपमा आफनो प्याकेजहरु बनाएर पर्यटकहरुलाइ सेवा दिने बताउनु भयो ।

साथै सुदूरपश्चिममा विभिन्न पर्यटकयि क्षेत्रहरु रहेको अवस्थामा पर्यटकहरुलाई के कस्ता प्याकेजहरु ब्नाउन सकिन्छ भनेर जानकारी यो तालिमले दिने बताउनु भयो ।
“टुर प्याकेज डेभलोपमेन्ट तालिम” संयोजक एवम नाटा सुदूरपश्चिम सदस्य जगदिश चन्द्र भट्टले सुदूरपश्चिममा रहेका प्रमुख पर्यटकीय गन्तव्यसंग यहााको रैथाने खानेकुरा कला संस्कृतीलाई कसरी टुर प्याकेजमा समावेश गर्न सकिन्छ, जोडन सकिन्छ भनेर यो तालिमको आयोजना गरीएको बताउनु भयो ।
साथै, यो तालिमले युवा उद्यमशीलता र स्वरोजगारको बाटो खोल्ने, स्थानीय संस्कृतिको पर्यटनमा प्रयोग बढ्ने बताउनु भयो । साथै डिजिटल सोसल मिडिया मार्केटिङ नेटवर्किङको सहकार्य बढ्ने, पर्यटन नीति र सरकारी प्रक्रियाको समझदारी बढ्ने .स्थानीय पर्यटन व्यवस्थित योजनासँग अघि बढ्ने विश्वास लिएको उहाँले बताउनु भयो ।
साथै कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम विश्व विद्यालयका रजिस्टार डा. विनोद लेखकले यो तालिमले सुदूरपश्चिममा रहेका कला संस्कृती खानपिनलाई अझै बढी पर्यटकहरुसंग जोडन मद्धत पुग्ने बताउनु भयो ।
सुदूरपश्चिम विश्व विद्यालयले पनि पर्यटकहरुको क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरेको बताउँदै पर्यटकहरुको आवस्यक्तालाई सन्तुष्टीमा परिवर्तन गर्न सके राम्रो हुने बताउनु भयो ।
होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले सुदूरपश्चिममा रहेका पर्यटकिय क्षेत्रमा घुम्न आउने पर्यटकहरुलाई राम्रो कार्य निर्माण गरेर घुमाउन सके यो क्षेत्रको विकासमा मुख्य आधार पर्यटक हुने बताउनु भयो । यो कार्यक्रमको संचालन नाटा सुदूरपश्चिमका महासचिव शिवहरी पाण्डेयले गर्नु भएको थियो ।
Comments are closed.