कञ्चनपुरमा लागुऔषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्र्तराष्ट्रिय दिवश भव्यताको साथमा सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा लागु औषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्र्तराष्टिय दिवश भव्यताको साथमा सम्पन्न गरीएको छ ।

 

जिल्ला प्रसासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा आज कञ्चनपुरको महेन्द्रनगरको मदन चोकमा एक कार्यक्रमको आयोजना गर्दै समापन गरिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडक बहादुर खत्रीले लागुऔषध र दुव्र्यसनीका कञ्चनपुरको अवस्थाका बारेमा कार्यपत्र पेश गरेका थिए,

भने कार्यक्रममा बरिष्ठ स्वास्थ्य प्रमुख ओम प्रकाश जोशीले स्वास्थ्यको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा गैसस महासघका केन्द्रिय उपमहासचिव तथा नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मी, सशस्त्र प्रहरी प्रहरी उपरिक्षक लोकेन्द्र देव भटट गैससका प्रतिनिधिहरु,खेलाडी तथा आम नागरिकको सहभागिता रहेको थियो ।

कार्यक्रममा डेउडा गायक लाल बहादुर धामीले प्रस्तुती समेत राखेका थिए । कार्यक्रमको संचालन नागरिक समाजका सचिव प्रभुनिधि पन्तले गरेका थिए भने असार ६ गतेबाट शुरु भएको अभियानमा गैसस महासंघ,स्वीट नेपाल,निडस,संजिवनी नेपाल

एनएनएसडब्लुए,द्धन्द्ध पिडित तथा एकल महिला बिकास केन्द्र,माईती नेपाल,शान्ति पुर्नस्थापना केन्द्र लगायत संस्थाहरुले बिभिन्न सचेतनामुल कार्यक्रमहरु गरेका थिए ।

सम्बन्धित

Comments are closed.