प्रेस युनियनमा ३ सल्लाहकार मनोनीत

महेन्द्रनगर । ​​लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्था नेपाल प्रेस युनियनले आज ३ जना सल्लाहकार मनोनीत गरेको छ ।

युनियनको विधान, २०४८ अनुसार पत्रकारत्रय तेजप्रकाश पण्डित तनहुँ, विपुल पोखरेल दाङ र रीता गुरुङ काठमाडौं लाई सल्लाहकार पदमा मनोनयन गरिएको अध्यक्ष शिव लम्सालले जानकारी दिए ।

संस्थाको लक्ष्य र उद्देश्य परिपूर्तिका लागि मनोनीत सल्लाहकारहरूबाट लामो पत्रकारिता अनुभव र विज्ञताले नेपाल प्रेस युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने युनियनले जनाएको छ ।

सम्बन्धित

Comments are closed.