सल्यानमा पतिको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । त्रिवेणी गाउँपालिका-६, भुम्केज्युलाकी ३६ वर्षिया महिलालाई आफ्नै ३८ वर्षीय श्रीमान डिल्ली बहादुर घर्तीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार राति साढे ८ बजेतिर आफ्नै घरमा काठ चिर्ने फलाम प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो।
Comments are closed.