विवादित सीमा क्षेत्र भारत र चीनको सेना पछि हट्न थाले

भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखबाट दुवै देशका सेना पछि हट्न थालेका छन् । बुधबार पूर्वी लद्दाखको ‘हट स्प्रिङ्स’ क्षेत्रमा दुई देशका उच्च सैनिक अधिकारीबीच वार्ता हुनुअघि दुवै देशका सेना नियन्त्रण रेखाबाट पछि हटेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सीमा क्षेत्रबाट भारतले भन्दा चीनले धेरै सैनिकलाई पछि हट्न भनेको छ । यसअघि गएको आइतबार पनि दुई देशका जर्नेलस्तरमा वार्ता भएको थियो । वार्ताले सीमा समस्याको लागि सैनिक कुटनीतिक र राजनीतिक तहमा वार्ता सल्टाउने सहमति गरेको थियो ।

पहिलो चरणको वार्तापछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले चीनसँग कुटनीतिकस्तरमा वार्ता भइरहेको र दुई वटै देशमा सक्षम नेतृत्व रहेकाेले सीमाको तनाव लामो समय नरहने बताएका थिए ।

लद्दाखको वास्तविक सीमा क्षेत्र एलएसीका कैयाैँ इलाकामा चिनियाँ सेना प्रवेश गरेपछि भारतीय सेनासँग कयौँ पटक धकेलाधकेल भएकाे खबर सार्वजनिक भएका थिए । लद्दाख क्षेत्रमा भारत–चीनका सेनाबीच बर्सेनि एक/दुई पटक झडप हुने भए पनि यो वर्ष भने महिनैपिच्छे झडप भइरहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.