संघीय संसदका २ वटै सभाका बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन पेश हुँदैछ भने आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयेक निर्णयार्थ पेश गर्ने कार्यसूची छ ।
राष्ट्रियसभामा भने प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा अनुमोदन भएको नेपालको नयाँ नक्सा टेबल हुँदैछ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयक, राष्ट्यि सभामा टेबल गरेपछि छलफल सुरु हुनेछ ।