महेन्द्रनगर। निर्वाचन आयोगले मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्ने बताएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार यसका लागि आवश्यक तयारी गरिएको छ । प्रतिनिधिसभा सदस्यका लागि यही फागुन २१ गते मतदान हुँदैछ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित भएर आउँछन् भने ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । ‘स्वच्छ भएर, सोचेर मतदान कार्यमा सहभागी हुनुस् ।
मतदानको कार्य सम्पन्न भएपछि आयोगले जतिसक्दो छिटो मतपेटिका संकलन गरेर मतगणणा गरी नतिजा प्रकाशन गर्नेछ’ भण्डारीले भनेका छन्, ‘मैले त मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्छ भन्ने गरेको छु ।’
२१ फागुनको निर्वाचनका लागि आयोगले यही फागुन ४ गतेदेखि १८ गते आज सोमबार सम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । आज राती १२ बजेबाट मौन अवधि शुरु हुन्छ ।
यो मतदानको प्रक्रिया शुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ । मौन अवधिमा सचेत पनि आयोगले सबैलाई आग्रह गरेको छ ।
भण्डारीको आग्रह छ, ‘सबैले अनुशासनको लयमा बसेर कार्यसम्पादन गरिदिनुस्, मौन अवधिलाई मौन नै बसेर स्वीकार गरिदिनुस् ।’
Comments are closed.