कञ्चनपुरमा ५८.६३ प्रतिशत मत खस्यो

महेन्द्रनगर । कञ्चनपुरमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ५८.६३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा रहेका कुल ३ लाख १४ हजार ३८५ मतदातामध्ये १ लाख ८४ हजार ३२४ मत खसेको हो ।

क्षेत्रगत विवरणअनुसार कञ्चनपुर–१ मा ६०.०४ प्रतिशत, कञ्चनपुर–२ मा ५९.२१ प्रतिशत र कञ्चनपुर–३ मा ५६।६० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कञ्चनपुर–१ मा १ लाख १ हजार ७२४, कञ्चनपुर–२ मा १ लाख ९ हजार ५८४ र कञ्चनपुर–३ मा १ लाख ३ हजार ८७ मतदाता रहेका थिए । जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।

अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा ल्याउने काम भइरहेको छ भने मतगणना आजै रातिदेखि सुरु गर्ने तयारी गरिएको छ ।

सम्बन्धित

Comments are closed.