लिटल बड्स एकेडेमीको ग्य्राजुएसन कार्यक्रम सम्पन्न

महेन्द्रनगर । लिटल बड्स एकेडेमीको आयोजनामा विद्यार्थीहरूको ग्य्राजुएसन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । आईतवार एक भव्य कार्यक्रमको आयोजना गर्दै उक्त विद्यालयले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल, शिक्षक–शिक्षिका साना नानीबाबुहरू र अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

उनीहरूले विभिन्न नृत्य, गीत तथा सिर्जनात्मक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । लिटल बड्स एकेडेमीका प्रिन्सिपल बामा ओझा चटौतले ग्रयाजुएसन कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो— “बालबालिकाको प्रारम्भिक शिक्षा नै उनीहरूको भविष्य निर्माणको आधार हो ।

आजको यो ग्रयाजुएसन केवल एउटा समारोह मात्र नभई, नानीबाबुहरूको सिकाइ यात्राको महत्वपूर्ण उपलब्धि हो । विद्यालयले विद्यार्थीहरूमा ज्ञानसँगै अनुशासन, आत्मविश्वास र सिर्जनशीलता विकास गर्ने लक्ष्य राखेको छ ।

अभिभावकहरूको सहयोग र विश्वास बिना यो सम्भव हुँदैन । आगामी दिनहरूमा पनि हामी गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर लागिरहनेछौँ ।”

अभिभावकहरूले पनि आफ्ना छोराछोरीको प्रस्तुति देखेर खुसी व्यक्त गर्दै विद्यालयप्रति धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

यस कार्यक्रमले बालबालिकामा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै आगामी शैक्षिक यात्राका लागि प्रेरणा प्रदान गरेको छ ।

सम्बन्धित

Comments are closed.