महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–९ मा महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको ४५ दिने झोला बनाउने तालिम सम्पन्न भएको छ ।व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, कञ्चनपुर र वेदकोट नगरपालिका–९ को सहकार्यमा आयोजित तालिममा सहभागी महिलाहरूले झोला निर्माण सम्बन्धी व्यावहारिक सीप हासिल गरेका छन् ।

तालिमबाट महिलाहरूले आफ्नै व्यवसाय सञ्चालन गरी आयआर्जन गर्न सक्ने विश्वास गरिएको आयोजकले जनाएको छ । तालिम समापन कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष पार्वतीदेवी विष्टको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा वेदकोट नगरपालिकाकी उपप्रमुख तुलसी जोशी उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, कञ्चनपुरका प्रशिक्षक शिवराज भट्ट लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाइृ सम्बोधन गर्दै उपप्रमुख जोशीले सीपमूलक तालिमले महिलाहरूलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सिकेको सीपलाई व्यवहारमा उतारेर उद्यमशीलता विकास गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
महिलाहरूलाई आर्थिक रूपमा सशक्त र आत्मनिर्भर बनाउन यस्ता सीपमूलक तालिमहरू अत्यन्त आवश्यक रहेको बताउनु भयो ।
तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै साना तथा घरेलु उद्यम सञ्चालन गर्न सके परिवारको आयआर्जन बढ्नुका साथै समाजमा महिलाको भूमिका अझ प्रभावकारी बन्ने बताउनु भयो ।
वेदकोट नगरपालिका महिलाको क्षमता विकास र उद्यमशीलता प्रवद्र्धनका यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैगरी सभाध्यक्ष विष्टले यो तालिमको लागी सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हातलाई धनयवाद व्यक्त गर्नुभयो । सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।
Comments are closed.