महेन्द्रनगर । कञ्चनपुरमा होटल तथा पर्यटन व्यवसायीहरूको सेवा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने आतिथ्यता व्यवस्थापन तालिम सञ्चालन भएको छ । प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ, धनगढी कैलालीको सहयोग तथा होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा सुरु भएको उक्त तालिम असार १४ र १५ गते दुई दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको सभाध्यक्षमा होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मी रहनुभएको थियो भने, होटल व्यवसायी महासंघका पर्यटन उपाध्यक्ष कलम बम रहनु भएको थियो भने, प्रमुख अतिथीमा प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ, धनगढी निमित्त कार्यालय प्रमुख गंगाराम भारती, होटल व्यवसायी महासंघ पर्यटन सचिव भरत भट्टराई, होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेय, नाटा सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंह, महासंघका सल्लाहाकार परमानन्द भण्डारीलगायतको उपश्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले कञ्चनपुरमा पर्यटनको राम्रो सम्भावना रहे पनि त्यसलाई प्रभावकारी रूपमा अघि बढाउन होटल तथा पर्यटन व्यवसायीहरूको व्यावसायिक क्षमता विकास आवश्यक रहेको बताउनु भयो । यही उद्देश्यले प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइको सहयोगमा दुईदिने आतिथ्यता व्यवस्थापन तालिम आयोजना गरीएको बताउनु भयो ।
“आजका पर्यटकले केवल बस्ने सुविधा मात्र होइन, गुणस्तरीय सेवा, सरसफाइ, आतिथ्यता र सकारात्मक व्यवहारको अपेक्षा गर्छन्। त्यसैले व्यवसायीहरूले समयअनुसार आफ्नो सेवा र व्यवस्थापनलाई सुधार गर्दै लैजानुपर्छ।“ उहाँले भन्नु भयो
यसैगरी प्रमुख अतीथी बमले यस तालिमबाट सहभागीहरूले ग्राहक सेवा, आतिथ्यता व्यवस्थापन तथा होटल सञ्चालनका आधुनिक अभ्यासबारे उपयोगी ज्ञान र सीप हासिल गर्ने विश्वास गरेको बताउनु भयो ।
यसले कञ्चनपुरको पर्यटन प्रवद्र्धनसँगै होटल व्यवसायको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउने र आगामी दिनमा पनि व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिम तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने हाम्रो योजना रहेको जानकारी गराउनु भयो ।
तालिममा जिल्ला र अन्य जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको छ । तालिममार्फत आतिथ्यता व्यवस्थापन, ग्राहक सेवा, होटल सञ्चालनमा अपनाउनुपर्ने व्यावसायिक सीप, पर्यटनमैत्री सेवा प्रवाह तथा पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा सहजीकरण गरिनेछ ।
आयोजकका अनुसार तालिमले होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै पर्यटन प्रवद्र्धन र स्थानीय पर्यटन व्यवसायलाई थप प्रतिस्पर्धी तथा व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै सेवा गुणस्तर सुधार गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजकले यस्ता क्षमता विकाससम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।
Comments are closed.