महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित महाकाली मोडर्न पब्लिक स्कुलले गुरु पूर्णिमाको अवसरमा एक भव्य सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा गुरुहरूको सम्मान गर्दै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक, प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विद्यार्थीहरूले गुरुको महत्व झल्काउने गीत, नृत्य, कविता तथा मन्तव्य प्रस्तुत गर्दै आफ्ना गुरुहरूप्रति सम्मान र कृतज्ञता व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीहरुले गुरुहरूले आफुहरुलाई किताबको ज्ञान मात्र नभई जीवनमा अगाडि बढ्ने बाटो पनि देखाउने, हाम्रो सफलताको पछाडि गुरुहरूको महत्वपूर्ण योगदान रहेने बताएका थिए । उहाँहरूले दिनुभएको शिक्षा, प्रेरणा र मार्गदर्शनलाई आफुहरु सधैं सम्झिरहने लबताएका थिए ।

साथै उनिहरुले गुरु भनेको हाम्रो जीवनको उज्यालो बाटो देखाउने व्यक्ति रहेको गुरु पूर्णिमाको अवसरमा सबै गुरुहरूप्रति हार्दिक सम्मान व्यक्त गरेका छन । गुरुहरूले हामीलाई सही बाटो देखाउनुहुन्छ । उहाँहरूको ज्ञान, माया र प्रेरणाले हाम्रो भविष्य निर्माणमा ठूलो भूमिका खेलेको छ । गुरु पूर्णिमाको अवसरमा हामी सम्पूर्ण गुरुहरूप्रति सम्मान र धन्यवाद व्यक्त गर्न चाहेका विद्यार्थीहरुले बताएका थिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले गुरु पूर्णिमा केवल पर्व नभई ज्ञान, संस्कार र अनुशासन सिकाउने गुरुहरूप्रति सम्मान प्रकट गर्ने महत्वपूर्ण अवसर भएको बताए ।
उनले विद्यार्थीहरूलाई गुरुको मार्गदर्शनलाई आत्मसात् गर्दै असल नागरिक बन्न प्रेरित गरे । यस्ता कार्यक्रमले विद्यार्थीमा गुरु–शिष्य सम्बन्ध अझ सुदृढ हुने, नैतिक मूल्य र संस्कारको विकास हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सम्पूर्ण गुरुजनलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। विद्यालयले आगामी दिनमा पनि यस्ता शिक्षामूलक तथा संस्कारमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
Comments are closed.