महेन्द्रनगर। कञ्चनपुरमा बिना इजाजत उपचार तथा औषधी बिक्री(वितरण गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोधाराचाँदनी नगरपालिका(१, खैराडीकी ४० वर्षीया गीता सेठी रहेकी छन्।
मंगलबार बिना इजाजत उपचार तथा औषधी बिक्री(वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा सेठीको घरमा खानतलासी गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले बताए।
उनका अनुसार खानतलासीका क्रममा उनको घरबाट करिब ९९ हजार ४ सय ८५ रुपैयाँ बराबरका विभिन्न प्रकारका औषधी तथा उपचारमा प्रयोग हुने उपकरण फेला परेको थियो। फेला परेका औषधी तथा उपकरणसहित सेठीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी रावतले बताए।
Comments are closed.