भारतीय स्वार्थमा नेपाली सर्भे टोलीले काम गरे

सीमा सरोकार समितिका प्रतिनिधिहरु भारतीय स्वार्थमा नेपाली पक्षले स्ट्रीप नक्सा बनाउन सघाएको आरोप लगाउँछन् । उनीहरुले यसबारे छानविनको मागसमेत गरेका छन् ।

‘नेपालको भूमि भारततर्फ पर्ने गरी स्ट्रिप नक्सा के कसरी तयार गरियो । यसमा कुन–कुन व्यक्ति या पक्ष सम्मिलित छन् , सीमा सर्भे टोलीबाट के–कति स्वार्थमा यस्ता कामहरु गरिए भन्ने कुराको तत्काल छानबिन गर्दै आवश्यक कारबाही गरियोस्,’ समूहले सरकारसमक्ष राखेको मागपत्रमा उल्लेख छ ।

नेपालमा सशस्त्र द्वन्द्व चलिरहेको बेलामा स्ट्रिप नक्सा तयार पारिएको थियो । त्यसबेला नेपालको सर्भे टोलीले भारतीय पक्षको टोलीसँग भारततिरै बसेर ऐतिहासिक दस्तावेज विपरीत नक्शांकन गरेको उनीहरुको भनाइ छ । भारतीय पक्षबाट ब्रिटिशको पालाको भन्दै गलत नक्सा पेश भएको र सोही नक्सालाई नेपाली पक्षले स्वीकार गरेर स्ट्रीप नक्सा बनाउँदा कञ्चनपुर जिल्लाका बिभिन्न क्षेत्रका नेपाली भूभाग भारतमा पर्न गएको जनाइएको छ ।

बुधबार राज्य व्यवस्था समितिको बैठकमा भएको यही विषयमाथिको छलफलमा सहभागी सांसदहरुले भारतीय पक्षसँग मिलेर काम गर्ने नेपाली सर्भे टोलीमा को–को थिए,  खोजी गर्नुपर्ने बताए । परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश बैगारीले भने यस्ता विषयमा खुला छलफल गर्न नहुने भन्दै समितिलाई गोप्य छलफल राख्न सुझाव दिए ।

गोप्य छलफल राख्दा कहिले कहाँ के कस्ता त्रुटी भएका छन् खुलस्त छलफल गर्न सकिने उनको भनाइ थियो । खुला छलफल गर्दा बढी प्रचार हुने र त्यसले नेपाल नै पछाडि पर्न सक्ने उल्लेख गर्दै उनले समितिलाई गोप्य छलफलका लागि सुझाव दिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.