सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरोले ३७ घर बगाउँदा ३६ जना सम्पर्क विहीन भएका छन् ।
दुई जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार ५ जनालाई भने उद्धार गरेर उपचारको लागि सदरमुकाम चौतारा पुर्याइएको छ ।
अहिले उद्धार र खोजीको काम चलिरहेको उहाँले बताउनुभयो । प्रभावित क्षेत्रमा सभामुख अग्नि सापकोटासहितको टोली पनि पुगेको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट पनि प्रहरीको टोली घटनास्थल गइरहेको छ ।