कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु

कैलालीको गोदावरी नगरपालिकाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साझाँ मात्रै कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिका वडा नं ११ ओलानीका ४५ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

यो संगै गोदावरी नगरपालिकामा मात्रै कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि उनको धनगढीको निसर्ग हस्पिटलको आईसियूमा उपचार भईरहेको थियो । मंगलबार साझ कोरोना पुष्टि भएपछि उनलाई निसर्ग हस्पिटलको आईसियूवाट सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

उपचारका क्रममा उनको आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बिर बहादुर कुवरले जानकारी दिए । उनी केही दिन पहिले भारतवाट आएका थिए ।

पहिले देखी नै बिरामी रहेको र भारतमा पनि उपचार गराईरहेको भन्ने बुझिएको उनले बताए । पहिलेदेखी नै बिरामी रहेको भन्ने छ त्यसमाथि झन कोरोना संक्रमण भएपछि थप समस्या भएको हो प्रमुख कुबरले भने ।

मृतक पुरुषको यस अघि ३ पटक कोरोना परिक्षण भैसकेको उनले बताए । सुरुमा साउन १९ गते नगरपालिकाले कोरोना परिक्षणका लागि स्बाव संकलन गरेको अबस्थामा रिपोर्ट ढिलो आउदाँ उनको धनगढीकै सेती प्रादेशिक अस्पतालमा परिक्षण गरिएको थियो ।

सुरुमा सेती प्रादेशिक अस्पतालवाट स्वाब संकलन गरि परिक्षण गर्दा नेगेटिभ आएको र पछि नगरपालिकाले संकलन गरेको स्वाबको परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । फेरि मंगलबार परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ । मृतक पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.