छोरी जन्मिएको खुसीयालीमा भोज आयोजना गर्ने व्यक्ति नै कोरोना सङ्क्रमित, भोजमा ७० जना सहभागी

बाग्लुङमा छोरी जन्मिएको खुसीयालीमा भोज आयोजना गर्ने व्यक्ति नै कोरोना सङ्क्रमित भएपछि भोजमा संलग्न ७० जनाको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बाग्लुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सङ्क्रमितले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाएर भोज खुवाएका थिए । भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना क्लोज कन्ट्याक्टका रुपमा सहभागी भएको पाइएको छ ।

स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ । नगरपालिकाभरि भोलिसम्म निषेधाज्ञा लागू गरिएको छ ।

शहरमा प्रहरीले निषेधाज्ञामा केही कडाइ गरे पनि गाउँघरमा भने निषेधाज्ञा उल्लङ्घन धेरै मात्रामा हुने गरेको छ  ।

सम्बन्धित

Comments are closed.