अछामका लागि हिडेको जीप डोटीमा दुर्घटना

नगढीबाट अछामका लागि हिडेको जीप डोटीमा दुर्घटना भएको छ । आज बिहान ५ बजे तिर हिडेको से १ ज ११६६ नम्वरको जीप जिल्लाको पुर्वीचौकी गाउँपालीका १ शान्तीनगर नजीकै दुर्घटना भएको हो ।

जीप दुर्घटना हुँदा १२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । यि मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको हो ।

उनीहरु उपचारका लागि कैलाली ल्याइएको छ भने बाकिँ घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्णवहादुर बोहराले बताए । जिप सडकबाट एक सय मिटर तल खसेको उनले बताए ।

सम्बन्धित

Comments are closed.