कृष्णपुर नगरपालिकाको सुन्दरीफाँटामा अन्तिम दाहसंस्कार स्थल निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेशमै सुविधा सम्पन्न आर्यघाट निर्माण गरिएको हो । आर्यघाटको नाम भेटघाट राखिएको छ ।
कृष्णपुरका नगरपालिकाका मेयर कर्ण बहादुर हमालले संघ सरकारको सहयोगमा दाहसंस्कार कुण्ड, मलामी प्रतिक्षालय, खानेपानी लगायतका सबै सुविधा भएको आर्यघाट निर्माण गरिएको बताए ।
‘गुरुयोजना सहित बनाएर आर्यघाट निर्माणका लागि पहल गरिएको हो, त्यसका लागि संघ सरकारले सहयोग गरेको छ’ उनले भने, ‘विद्युतीय माध्यमबाट शव जलाउने योजना पनि बनाएका छौ ।’
आर्यघाटबाट कृष्णपुर सहित शुक्लाफाँटा नगरपालिका र लालझाँडी गाउँपालिकालाई वासिन्दाले लाभावान्तित भएका छन् ।