कञ्चनपुरका बिभिन्न स्थानहरुमा २७ गते देखी बिधुत अबरुद्ध हुने

 कञ्चनपुरका बिभिन्न स्थानहरुमा ५ दिन बिधुत अबरुद्ध हुने भएको छ । अत्तरिया ग्रिड शाखाले सुचना जारी गर्दै जिल्लाका बिभिन्न स्थानिय तहरुमा मंगलबार देखि शनिबारसम्म विद्युत अवरुद्ध हुने जनाएको हो ।

नेपाल विद्युत प्राधिकरणको लालपुर एक सय ३२ केभी सवस्टेशनमा ट्रान्सफर्मर फेर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने लागेको नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रिड शाखाले जनाएको छ ।

लालपुर सवस्टेशनमा १५ एमभीएको ठाउँमा ३० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गर्नका लागि विद्युत सेवा प्रभावित हुने भएको छ ।

सवस्टेशन अन्तर्गतको वेतकोट नगरपालिका, भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, वेल्डाडी गाउँपालिका र लालझाडी गाउँपालिकामा आलोपालो रुपमा विद्यतु आपुर्ति हुने सुचनामा उल्लेख गरिएको छ ।

यसवाट ग्रहाक बर्गमा पर्न जाने असुबिधाको लागि नेपाल बिधुत प्राधिकरण अत्तरिया ग्रिड शाखा क्षमाप्रर्थी छ सुचनामा भनिएको छ ।

सम्बन्धित

Comments are closed.