कैलालीमा दुई लाख ५१ हजार नगद सहित २९ जना जुवाडेलाई पक्राउ गरेको छ । जोशीपुर गाउँपालिका वडा नं १ स्याउले बजारबाट दुई लाख ५१ हजार ४ सय नगद सहित २९ जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा यज्ञबहादुर बिष्ट, दीर्घराज जोशी, देवराज उपाध्याय, बिमलकुमार चौधरी, पदमबहादुर साउँद, बिरराम डगौरा, चक्रबहादुर बिष्ट, चन्द्रप्रकाश चौधरी, प्रेमसिंह बम, दिपेन्द्र मौनी, सागर चौधरी, बिनोदकुमार केसी, ज्ञानबहादुर बम, रामअवतार चौधरी, गंगालाल चौधरी, बरातीलाल डगौरा, रामबहादुर साउँद, जंजिर चौधरी, संजय चौधरी, अर्जुन चौधरी, ठग्गुप्रसाद डगौरा, तारा हमाल, सुदन साउन, टेतराम चौधरी, सन्तोष हमाल, शिवराज बिनाडी, प्रकाश कोटकेनी, भिमबहादुर बम र बिनायक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
स्थानीय यज्ञबहादुर बिष्टको घरमा जुवातास खेलिरहेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
Comments are closed.