वेल्समा विकास गरिएको मान्छेको सास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड-१९ बाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ।
स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि ‘लान्सिट’ जर्नलले त्यसबारे लेख प्रकाशित गरेको छ।
त्यसको विकासकर्ता इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले बजेट सुनिश्चित भएमा छ महिनाभित्र प्रयोगका लागि तयार हुनसक्ने जनाएको छ।
Comments are closed.