काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले २०६९ वैशाख, जेष्ठ र असार महिनाभित्र प्रयोगात्मक परीक्षामा फेल भएका १२ सय ८४ जनालाई पास गराएको आरोप लागाएको छ । १२ सय ८४ जनाको परीक्षाको परिणाम फेरबदल गरी बदनियतपुर्ण तरिकाले सवारी चालक अनुमतिपत्र लाइसेन्स निकालेको अख्तियारले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
यस्तै, यी लाइसेन्सको लिनुपर्ने राजश्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना गरी हानी नोक्सानी गरेको पुष्टि भएको भन्दै आयोगको विशेष अदालतमा मुदा दायर गरेको हो ।
तत्कालिन कार्यालय प्रमुख उपसचिव आनन्द केशरी पोखरेललाई आठ लाख उनान्साठी हजार पाँच सय पचास बिगो रकमसहित दोब्बर जरिवाना मागदाबी गरेको छ । यस्तै, इन्जिनियर बासुदेव पोखरेल विरुद्ध ३ लाख ४६ हाजार, प्रहरी निरीक्षक मुरारी मिश्र विरुद्ध २४ हजार, तत्कालीन प्रहरी निरीक्षक नवराज थापा विरुद्ध चौबीस हजार नौ सय बिगो रकम दाबी गरेको छ।
त्यस्तै, तत्कालीन शाखा अधिकृत धर्मराज ढुङ्गाना, तत्कालीन शाखा अधिकृत बाबुलाल रेग्मी, शाखा अधिकृत शम्भुप्रसाद थपलिया, ईश्वरराज रेग्मी लगाएत ३८ जनाले भ्रष्टाचार गरेका अख्तियारको ठहर छ ।
Comments are closed.