आरक्ष पिडीत संघर्ष समिति कञ्चनपुरद्धारा नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना आदान प्रदान तथा विरोध सभा गरियो

 आरक्ष पिडीत संघर्ष समितिले नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना आदान प्रदान तथा विरोध सभा गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरापालिका २ स्थित वाणीमा बिहिवार उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी जनवाहिनी नेपालका संयोजक शिरोमणी ओझाले आरक्ष पिडीतहरुलाई यथासक्दो चाँडो जमिन प्रदान गरिनुपर्ने बताउनुभयो ।

 शुक्लाफाँटा राष्ट्रिय निकुञ्ञजबाट विस्थापित भएका आरक्ष पिडीतहरुलाई जग्गा उपलव्ध गराउने आश्वासन दिए पनि हालसम्म राज्यले यसतर्फ ध्यान नदिएको भन्दै ओझाले आक्रोस व्यक्त गर्नुभयो । उहालेले भन्नुभयो ,”शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट २०५८ सालमा जग्गा उपलव्ध गराउने भन्दै आरक्ष पिडीतलाई विस्थापित गराइयो,तर यहाँसम्म आइपुदा पनि सरकार वेखवर रहेका छ,अब यसतर्फ सरकारको ध्यान जानुको विकल्प छैन” ।

 साथै जनवाहिनी नेपालका संयोजक ओझाले २४ सय ७३ आरक्ष पिडीत परिवारको माग सम्वोधनका लागि पटक पटक आग्रह गरेपनि राज्यले वेवास्ता गरेको बताउनुभयो । उहाले भन्नुभयो “आरक्ष पिडीतहरुको माग सम्वोधनका लागि धेरै आयोगहरु गठन भए,तर ठोस पहलकदमीमा आयोगहरु पुग्न सकेनन्” । कार्यक्रमको समापन गर्दै आरक्ष पिडीत संघर्ष समितिका अध्यक्ष रती सुनारले आरक्ष पिडितहरुको माग सम्वोधन नभए कडा संघर्षमा जाने बताउनुभयाे ।

 कार्यक्रममा विश्व हिन्दु युवा सघ सुदूरपश्चिम प्रदेश संयोजक सम्राट सिंह बिशिस्ट अतिथि रहनुभएको थियो । यस्तै कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष जयनारायण जोशी,नेकपा विप्लव कञ्चनपुर इन्चार्ज जीवन, महिला अधिकारकर्मी कल्पना परियार अतिथी रहनुभएको थियो । आरक्ष पिडीत संघर्ष समितिले वाणीमा विरोध स्वरुप एक घण्टा चक्काजाम समेत गरेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.