भारत: तीन लाखको मृत्यु, वास्तविक सङ्ख्या अझै धेरे हुन सक्ने अनुमान

भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या तीन लाख नाघेको छ । महामारीको पछिल्लो लहरसँग जुझिरहेको भारतका ग्रामीण क्षेत्रमा भएका मृत्यु नगनिएको हुन सक्ने वास्तविक सङ्ख्या योभन्दा उच्च हुनसक्ने विज्ञहरूले बताएका छन्।

अहिले विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।

जोन्स हप्किन्स विश्वविद्यालयका विवरणअनुसार भारतमा अहिलेसम्म दुई करोड ६० लाखभन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन्।

 

भयानक एक महिना

तीन लाखभन्दा धेरै मृत्यु पुष्टि हुने देशमा अमेरिका र ब्रजिलपछि भारत विश्वमै तेस्रो नम्बरमा आउँछ।

त्यहाँ एक महिनाभन्दा कम समयमै पछिल्लो एक लाख मृत्यु पुष्टि भएको हो।

महामारीको घातक दोस्रो लहरका कारण पछिल्ला सातामा त्यहाँको स्वास्थ्य सेवा प्रणालीमा उच्च चाप परेको छ।

महत्त्वपूर्ण औषधि र अक्सिजनका अभावमा अस्पतालहरू बिरामीको चापसँग जुझ्न सङ्घर्षरत छन्।

अस्पताल

तस्बिर स्रोत,REUTERS

मृत्युको वास्तविक सङ्ख्या कति होला?

पछिल्ला केही दिनमा कोभिडसँगै जोडिएर देखा परेको घातक पाइएको ‘कालो ढुसी’को सङ्क्रमण बढेपछि त्यसले सङ्कटलाई झन् जटिल बनाएको छ।

केही ठाउँमा शवगृहहरूमा समेत स्थान अभाव हुन थालेपछि खुला पार्कहरूमा अन्तिम संस्कार गरिएका छन् । केही समाचारहरूमा मृत्युको वास्तविक सङ्ख्या थाहा पाउन पत्रकारहरू शवगृहहरूमा मृत शरीर गनेको जनाइएका थिए।

केही आधारहरूका भरमा गरिएका हिसाबमा वास्तविक रूपमा भारतमा झन्डै १० लाख मानिसहरू मारिएको अनुमान गरिएको छ।

यस बीचमा त्यहाँ कोभिड खोप कार्यक्रमले समेत कुनै उल्लेख्य प्रगति गरेको देखिँदैन।

अन्तिम संस्कार
सम्बन्धित

Leave A Reply

Your email address will not be published.