अनलाइन र बैंकको सिस्टम ह्याक गरी झण्डै १७ करोड ठग्ने ३ जना पक्राउ
अनलाइन ठगी र बैंकको सिस्टम ह्याक गरी रकम ठग्ने ३ जना पक्राउ परेका छन् ।
पक्राउ परेका ३ जनालाई बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले उज्यालोलाई जानकारी दिनुभयो ।
उनीहरुले बैंकको खातामा रहेको पैसा व्यक्तिको खातामा सारेर झण्डै १७ करोड रुपैयाँ ठगी गरेको पाइएको महाशाखाले जनाएको छ ।
उनीहरुले अनलाइनमार्फत चिट्ठा पर्यो भन्दै सर्वसाधारणको रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
Comments are closed.