संघर्षको तीन वर्षमै स्वर्ण पदक विजेता कञ्चनपुरको भीनपा–३ की संगिता धामीलाई भव्य स्वागत गरिएको छ ।
१३औं दक्षिण एशियाली खेलकूद प्रतियोगितामा कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ ।
उनले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक जारी सागमा नेपाललाई स्वर्ण दिलाएकी थिइन् । धामीको विजयलाई लिएर कञ्चनपुरमा खुशियाली छाएको छ ।
जनकपुरमा गत शनिबार सम्पन्न ५५ किलो तौल समूहतर्फ उनले बङ्गलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गर्दै नेपाललाई महिलातर्फको कुस्ती खेलमा स्वर्ण पदक दिलाएकी थिइन् ।
विजेता धामीको गृह जिल्ला कञ्चनपुरकोे महेन्द्रनगरमा भीनपा –३ बाट विजय -याली निकालेर स्थानीयले उत्सव मनाइरहेका छन् । आफ्नो वडाको खेलाडीले संर्घषको छोटो अवधीमै स्वर्ण पदक प्राप्त गर्नु निकै गौरव भएको भीनपा–३ का अध्यक्ष राम बहादुर जप्रेलले बताए ।