पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने

पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार अहिले काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वमा धुम्म परिरहेकाे माैसम रहिरहने र मेघगर्जनसहित पानी पर्ने छ ।

यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने उहाँले बताउनु भयाे । बुधबार र बिहीबार देशभरिकै मौसम बदली भए पनि शुक्रबारदेखि भने मौसम बिस्तारै खुल्ने मौसमविद्को अनुमान छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.