कञ्चनपुरमा वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह मनाइएको छ । यही चैत्र १ गतेदेखि सुरु भएको सप्ताह सोमवार ७ गतेसम्म सञ्चालन गरिएको हो । वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनमा सञ्चालन गरिएको हो ।
यसैविच सोमवार प्रभातफेरीको समेत आयोजना गरिएको थियो ।
वन सधैका लागि सबैका लागि, डढेलोबाट वन जोगाऔँ जैविक विविधताको संरक्षण गरौँ, वन जंगलमा डढेलो लाग्न नदिऔँ, लागि हालेमा सम्पुर्ण उपभोक्ता मिलि तुरुन्त निभाऔँ लगायतका सन्देशमुलक नाराहरु लेखिएको ब्यानर तथा विभिन्न प्लेकार्डहरु बोकेर डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको प्रभातफेरीमा सहभागिता रहेको थियो ।
Comments are closed.