बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् । ज्यान गुमाउनेमा बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ३ की २५ वर्षीया दुर्गा चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनु भयो । दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ६ मा से १ ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाइते भएकी दुर्गाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा परेर अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा सुर्नया गाउँपालिका ३ की ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, २८ वर्षीया बिमला चन्द र २३ वर्षीया पार्वती विष्ट छन् । माधवी, वसन्ती र कलावतीको डडेल्धुरा अस्पतालमा र बिमला र पार्वतीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेको मिनी ट्रक सडक नालीमै पल्टिए दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.