कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा होरी मिलन कार्यक्रम २०७८ सम्पन्न

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा होरी मिलन कार्यक्रम २०७८ सम्पन्न भएको छ । संस्कृति बचामए, कुरीती हटामए, निर्झल समाज बनामएं, रानाथारु जातिके राज्यमे आरक्षणको व्यवस्था करामएं भन्ने नाराका साथ मंगलवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ स्थित कालिका माध्यमिक विद्यालयमा होरी मिलन कार्यक्रम २०७८ गरिएको हो । नेपाल रानाथारु समाज कञ्चनपुर जिल्ला समितिको आयोजना भएको उक्ता होरी मिलन कार्यक्रम २०७८ मा राना थारु भाषाका होरीका गीतहरु प्रस्तुत गरिएका थिए । रानाथारु समुदायमा अन्य समुदाय भन्दा फरक होरी पर्व अर्थात फागु पर्व करीब ३८ दिनसम्म मनाउने गरीन्छ । फागु पुर्णिमा भन्दा अगाडि १ महिना अर्थात ३० दिन जिन्दा अर्थात जिउदो होरी मनाउने रानाथारु समुदायले फागु पुर्णिमा पश्चात थप ७ दिन होलिकाको दहनपश्चात मरी अर्थात मृत होरी पर्व मनाउने गर्दछन् ।

सम्बन्धित

Comments are closed.