कैलाली र कञ्चनपुरमा भोलि शुक्रवार सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले राना थारु समुदायको मनाउने खखडेहरा पर्वको अवसरमा बिदा दिएको हो । २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो । खखडेहरा पर्व राना थारु समुदायमा महत्वका साथ मनाइने गरिन्छ ।
Comments are closed.