नेकपा एमालेका सचिव योगेश भट्टराईले आसन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले स्पष्ट बहुमत ल्याउने दाबी

नेकपा एमालेका सचिव योगेश भट्टराईले आसन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले स्पष्ट बहुमत ल्याउने दाबी गर्नु भएको छ । आज शुक्रबार कैलालीको धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले ६५ प्रतिशतभन्दा बढी मत ल्याएर चुनाव जित्ने दाबी गर्नु भएको हो । रुख ओइलाइ सकेको कलममा मसी नरहेको, हँसिया हथौडा छुट्टाछुट्टै रहेका बेला सुर्य चम्किरहेको बताउदै उहाले यही नै जित्ने आधार भएको दाबी गर्नु भयो । फरक प्रसंगमा बोल्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले वैदेशिक सन्तुलन गुमाएको बताउनु भयो । चालू आर्थिक वर्षको ८ महीनाको अवधिमा विदेशी अनुदान सहयोग सबैभन्दा न्यून आएको बताउँदै उहाले गठबन्धनले मुलुक ठुलो दुर्घटनामा पु¥याएको आरोप लगाउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.