टाईफाइड रोग विरुद्धको खोप अभियान कञ्चनपुरमा पनि सञ्चालन हुने भएको छ । चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म देशभर सञ्चालन हुन गई रहेको टाईफाईड रोग विरुद्धको राष्ट्रिय खोप अभियान अन्र्तगत कञ्चनपुरमा पनि सञ्चालन हुने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको हो । सोमवार स्वास्थ्य कार्यालय कञ्चनपुरको सभाहलमा आयोजित टाईफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड खोपको सुरुवात सम्बन्धी पत्रकार अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले कञ्चनपुरमा ५ सय ५४ वटा खोप केन्द्रबाट टाईफाईट रोग विरुद्धको खोप अभियान सञ्चालन हुने जानकारी गराउनु भयो । कञ्चनपुरमा रहेका न्युनतम २ सय जना विद्यार्थी भएको विद्यालयलाई खोप केन्द्र बनाइने छ । कञ्चनपुरमा १ लाख ६१ हजार ८ सय ७६ जनालाई टाईफाईड रोग विरुद्धको खोप दिईने स्वास्थय कार्यालय कञ्चनपुरले जनाएको छ । सो खोप अभियानमा ७ सय ६३ जना जनशक्ति खटाईने छ । त्यस्तै १ हजार ५ सय ७२ जना स्वयमसेवक पनि खटाईने भएको छ ।