सुदूरपश्चिम सरकारको पुनगर्ठन,कांग्रेस पनि सहभागी

 नेपाली कांग्रेसलाई पनि सहभागी गराएर सुदूरपश्चिम सरकारको पुनगर्ठन भएको छ । कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी भएको हो ।कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुन र गोविन्द बोहोरा सामाजिक विकास मन्त्री नियुक्त हुनुभएको छ । यस्तै टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

एकीकृत समाजवादीबाट मन्त्री भएका आन्तरिक मामिला मन्त्री पूर्णा जोशी, समाजिक विकास मन्त्री लालबहादुर खड्का र राज्यमन्त्री मनाकुमारी साउद मन्त्रीबाट हटेका छन् । एकीकृत समाजवादीले आर्थिक मामिला मन्त्री तारा लामालाई फिर्ता बोलाएर समाजवादीकै प्रकाश रावललाई आर्थिक मामिला मन्त्री बनाएको छ । भौतिक पूर्वाधार विकास राज्यमन्त्री जुनकुमारी चौधरी फिर्ता भएर उहाँको ठाउँमा समाजवादीका कुलबहादुर चौधरी नियुक्त हुनुभएको छ ।नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.