सुदूरपश्चिममा जसपाद्वारा गठबन्धनबाट बाहिरिएको घोषणा

सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ। केन्द्रमा गठबन्धका दलहरुबीच भएको सहमति विपरीत नेपाली कांग्रेसलाई मात्रै प्रदेश सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपाले गठबन्धन तोडेको जनाएको छ। शनिवार धनगढीमा पत्रकार सम्मेलनमार्फत जसपाले गठबन्धन तोडेको घोषणा गरेको हो। केन्द्रबाट पाँच दलीय गठबन्धन प्रदेश तथा स्थानीय स्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिएको थियो। तर, जसपालाई आउट गर्दै अगाडि बढ्न खोजेको जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले बताउनुभयो ।

यस्तै सुदूरपश्चिममा गठबन्धन नहुने पनि उहाँले बताउनुभयो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जसपाले प्रदेशमा स्थानीय तह निर्वाचनका लागि एक्लै लड्न सक्षम रहेको दाबी गरेको छ। यस्तै आवश्यकताअनुसार अन्य पार्टीसँग मिलेर अगाडि बढ्ने तयार रहेको समेत जसपाको भनाई छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.