महेन्द्रा एसपी प्लस सीरिज अनावरण कार्यक्रम सम्पन्न

 अप्सन नेपालले महेन्द्रा एसपी प्लस सीरिज अनावरण कार्यक्रम सोमवार कैलालीको धनगढीमा सम्पन्न भएको छ । महेन्द्रा एण्ड महेन्द्रा कम्पनीको एसपी प्लस सीरिजको ट्रयाक्टर बजारमा ल्याएको हो । अरु ट्रयाक्टरको तुलनामा माइलेज बढी भएको महेन्द्रा एसपी प्लस सीरिज अनावरण गरिएको हो । अप्सन नेपालका सुदुरपश्चिम प्रदेश हेर्ने म्यानेजर सुन्दरसिंह कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि कैलारी गाउपालिका उद्योग वाणिज्य संघका अध्यक्ष तथा भलमन्सा समुहका संयोजक नेपालु चौधरी रहनु भएको थियो ।

 यस्तै विशिष्ट अतिथिहरुमामा महेन्द्रा एण्ड महेन्द्रा कम्पनीका अन्र्तराष्ट्रिय बिजनेस अफिसर प्रवीन पिल्लई र नेपालका सर्विस कन्ट्री म्यानेजर निलाजन मित्रा रहनु भएको थियो । उक्त कार्यक्रममा बोल्दै महेन्द्रा एण्ड महेन्द्रा कम्पनीका अन्र्तराष्ट्रिय बिजनेस अफिसर प्रवीन पिल्लईले सञ्चार क्षेत्रसंग समन्वय गर्नुपर्ने कुरामा जोड दिनु भयो । यस्तै मिडियामैत्री हुनुपर्ने बताउदै उहाले मेसिनका बारेमा सर्वसाधारणले जानकारी सजिलै पाउन सकुन भन्नका लागि लाग्नुपर्ने बताउनु भयो ।

 सोही कार्यक्रममा बोल्दै महेन्द्रा एण्ड महेन्द्रा कम्पनीका नेपालका सर्विस कन्ट्री म्यानेजर निलाजन मित्राले प्राविधिक पक्षका बारेमा जानकारी दिदै सेवाग्राहीले समस्या राखेमा खेतमा नै पुगेर पनि सेवा दिइने जानकारी दिनु भयो । उक्त कार्यक्रममा सञ्चारकर्मीहरु, सेवाग्राही लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.