वेदकोट नगरपालिकाका उपप्रमुख जोशी टोलटोलमा पुगेर समस्या बुझ्दै

 कञ्चनपुरको वेदकोट नगरपालिकाका नवनिर्वाचित उपप्रमुख तुलसी जोशीले वेदकोट नगरपालिकाका विभिन्न टोलहरुमा पुगेर त्यहाका समस्याबारे बुझ्न थाल्नु भएको छ । महिला, दलिता, अपांगता भएका व्यक्ति, पिछडिएका क्षेत्रका व्यक्तिहरुको समस्या बुझ्नका लागि उहाहरुकै टोल बस्तीमा पुग्दै उपप्रमुख जोशीले समस्या बारे बुझ्न थाल्नु भएको हो ।

 सोही क्रममा आईतवार वेदकोट नगरपालिका वडा नम्बर ३ र ४ त्यस्तै सोमवार वेदकोट नगरपालिका वडा नम्बर १ का विभिन्न टोलहरुमा वेदकोट नगरपालिकाका उपप्रमुख जोशी पुग्नु भएको हो । वेदकोट नगरपालिकाका उपप्रमुख जोशीले विपन्न वर्गहरुको विकास कसरी गर्न सकिन्छ र उहाहरुको समस्याहरु कसरी समाधान गर्न सकिन्छ भन्ने विषयलाई ध्यान राखेर आफुले भेटघाट गरी रहेको बताउनु भयो । साथै उहाले विपन्न वर्गहरुका समस्याहरुलाई सम्बन्धित क्षेत्रसम्म पु¥याउनका लागि आफुले पहल गर्ने समेत बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.