वेदकोट नगरपालिकाकामा मलखाद बिक्री वितरण गर्न नगर कार्य समितिको पुन ः बैठक बस्यो

 कञ्चनपुरको वेदकोट नगरपालिकाकामा मलखाद बिक्री वितरण गर्न नगर कार्य समितिको पुन ः बैठक बसेको छ । वेदकोट नगरपालिकाका नगर उप– प्रमुख तुलसी जोशीको संयोजकत्वमा वेदकोट नगरपालिकामा मलखाद बिक्री वितरण गर्न नगर कार्य समितिको पुनः बैठक बसेर छलफल गरिएको हो । विगतमा किसानहरुलाई मल खाद वितरण तथा बीउ वितरणमा गरीएका कार्यहरु र आगामी दिनमा सबै किसानहरुले समयमै मल तथा बीउ बिजन पाउन सकुन भन्नका लागि वेदकोट नगरपालिकाले आफ्नो तर्फबाट पहल गर्ने र यसमा अन्य सरोकारवालाहरुले पनि भुमिका खेल्न आवश्यक रहेको कुरामा वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले जोड दिनु भयो । मल तथा बीउ विजन वितरणमा विपन्न वर्ग तथा वास्तविक किसानहरु नछुटुन भन्नका लागि वेदकोट नगरपालिकाले पहल गर्ने उहाले बताउनु भयो । छलफलमा सहभागीहरुले पनि किसानहरुले समयमै मल तथा बीउ विजन पाउनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित

Comments are closed.