बाल विवाह लैंगिक हिंसा र छाउपडी न्युनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सुरु

  कञ्चनपुरमा बाल विवाह लैंगिक हिंसा र छाउपडी न्युनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । बिहीवारदेखि कञ्चनपुरको बेदकोट नगरपालिकामा बाल विवाह लैंगिक हिंसा र छाउपडी न्युनिकरणका लागि एक दिने अभिमुखीकरण कार्यक्रम विहिवार देखि सुरु भएको छ ।

 मुक्त कमलरी विकास मञ्च कञ्चनपुरको आयोजनामा कञ्चनपुरको बेदकोट नगरपालिकाको समन्वयमा र एफआईएमआई (फिमी)को सहयोगमा बाल विवाह लैंगिक हिंसा र छाउपडी न्युनिकरणका लागि एक दिने अभिमुखीकरण कार्यक्रम विहिवार देखि सुरु भएको हो । मुक्त कमलरी विकास मञ्च कञ्चनपुरका अध्यक्ष सिता चौधरीको सभाध्यक्षमा बिहीवार सुरु भएको कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष मोहन बहादुर गुर्धामी रहनु भएको थियो ।

 कञ्चनपुरका विभिन्न पालिकाका ग्रामिण क्षत्रमा विवाह लैंगिक हिंसा र छाउपडी न्युनिकरण गर्ने मुख्य उदेश्यले एक दिने अभिमुखीकरण कार्यक्रमका सञ्चालन गरिएको मुक्त कमलरी विकास मञ्च कञ्चनपुरले जनाएको छ । सो कार्यक्रमका प्रशिक्षक सामाजिक अभियन्ता चन्द्र सुनार रहनु भएको मुक्त कमलरी विकास मञ्च केन्द्रिय सदस्य शान्ती चौधरीले बताउनु भयो । साथै कञ्चनपुरको बेदकोट नगरपालिकाका विभिन्न वडाका आदिवासी जनजाती लगायतका मुक्त कमलरी र अन्य महिलाहरु अभिमुखीकरण कार्यक्रममा सहभागी रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.