सुदुरपश्चिम प्रदेशमा सवारी दुर्घटनाका कारण जनधनको क्षति हुनेक्रम बढ्दै

विशेष सावधानी अपनाउनुपर्नेमा जोड

 सुदुरपश्चिम प्रदेशमा सवारी दुर्घटनाका कारण जनधनको क्षति हुनेक्रम बढ्दै गएको छ । विभिन्न कारणले सवारी दुर्घटना हुनेक्रम बढ्दै गई रहेका बेला जनधनको क्षति हुनेक्रम पनि बढ्दै गएको हो ।

 चालु आर्थिक वर्ष २०७८÷७९ को वैशाख मसान्तसम्म सुदुरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परेर १ सय ६५ जनाको ज्यान गएको छ भने ४६ लाख ४८ हजार रुपैयाको क्षति भएको छ । यस्तै सवारी दुर्घटनामा परेर ३ सय ३५ जना गम्भीर घाईते भएका छन् भने ५ सय १५ जना साधारण घाइते भएका छन् । चालु आर्थिक वर्ष २०७८÷७९ को वैशाख मसान्तसम्म सुदुरपश्चिम प्रदेशमा ५ सय ९६ वटा सवारी दुर्घटना भएका सुदरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीया कैलालीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिएको छ ।

 चालु आर्थिक वर्ष २०७८÷७९ को वैशाख मसान्तसम्म सुदुरपश्चिम प्रदेशमा वैशाख मसान्तसम्म २९ वटा पशुचौपायाको मृत्यु भएको छ भने १० वटा पशु चौपाया घाइते भएका छन् । सडकको खराब अवस्था, चालकको लापरबाही, यान्त्रिक गडबडी, पशुचौपाया लगायतका कारणले सवारी दुर्घटना बढि रहेको ट्राफिक प्रहरीले बताई रहेका बेला सवारी दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले पनि आफ्नो भुमिका सक्रियता पुर्वक निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

 साथै सवारी दुर्घटना न्युनीकरणका लागि चालक, सवारी साधनका धनीसंगै यात्रुहरुले पनि विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.