वृक्षारोपण गरी कञ्चनपुरमा पनि विश्व वातावरण दिवश मनाइयो

 आईतवार जुन ५ तारिखका दिन विश्व वातावरण दिवश कञ्चनपुरमा पनि मनाइएको छ । विश्व वातावरण दिवशको अवशर पारी डिभिजन वन कार्यालय कञ्चनपुरले पनि वृक्षारोपण गरी विश्व वातावरण दिवश मनाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले सरस्वती माध्यमिक विद्यालय परखेडी कञ्चनपुरको परिसरमा हर्रो, बर्रो, अमला, तेजपात, बोटलव्रस र पारिजातका करिव २०० गोटा विरूवाहरू बृक्षारोपण गरि भव्यताका साथ विश्व वातावरण दिवश सम्पन्न गरिएको छ ।

 सो कार्यक्रममा कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी, डिभिजनल वन अधिकृत, नेपाली सेनाका प्रमुख सेनानी, नेपाल प्रहरीका प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख, भीमदत्त नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक लगायत विद्यालयका शिक्षकहरू, वन कर्मचारीहरू, सुरक्षाकर्मी लगायत वन विज्ञान संकाय अन्तर्गत डिप्लोमा ईन फरेष्टी पहिलो वर्ष, दोश्रो वर्ष र तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले जानकारी दिनु भयो ।

 उक्त कार्यक्रममा सहभागीहरुले वातावरण संरक्षणका लागि वृक्षारोपणको भुमिका महत्वपुर्ण हुने भएकाले सबैले आआफ्नो तहबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित

Comments are closed.