खाद्य अधिकार सञ्जाल बेदकोट नगरपालिकाद्धारा नगरप्रमुखलाई दश बुदे सुझाव पेश

  कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरालाई सुझाव पेश गरिएको छ । खाद्य अधिकार सञ्जाल बेदकोट नगरपालिका कञ्चनपुरले दश वुंदे सुझाव पेश गरेको हो । कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख भोज राज वोहरा समक्ष खाद्य अधिकार सञ्जाल बेदकोट नगरपालिका कञ्चनपुरको संयोजक गोमती साउंदको संयोजकत्वमा असार ६ गते दश वुंदे सुझाव पेश गरिएको हो ।

 कञ्चनपुरको बेदकोट नगरपालिकाका विपन्न, गरिव,आदिवासी जनजाति, दलित लगायतका नागरिको सम्मानपूर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चत गर्ने उदेश्यले दश वुंदे सुझाव पेश गरेको याक नेपाल कैलालीका संयोजक देवी प्रसाद खनालले बताउनु भयो ।

 खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्वन्धी ऐन २०७५ को दफा ३६ बमोजिमको नगरपालिका प्रमुखको अध्यक्षतामा गठन गर्न सकिने स्थानिय समन्वय समितिलाई गठन गरिनु पर्ने, पोषणयुक्त खाद्यको सुनिश्चितताका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्वन्धी ऐन २०७५ मा व्यवस्था भए अनुसार पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा योजना निर्माण र कार्यान्वयन गर्ने प्रावधानलाई समावेश गरिनु पर्ने, किसानहरुको तत्थ्यांक संकलन गरी तत्थ्यांकका आधारमा किसानलाई वर्गीकरण गरी किसान परिचय पत्र वितरण गर्नु पर्ने,व्यक्तिले वर्षौ देखि उपभोग गरिरहेको तर लालपूर्जा नपाएको जग्गाको लालपूर्जा उपलव्ध गराउने व्यवस्थाका लागि यथाशीघ्र पहल अगाडी बढाइनु पर्ने, बीउमा परनिर्भताको स्थितिमा सुधार ल्याउन रैथाने विउको प्रवर्धन गर्ने नीति अवलम्वन गरिनु पर्ने साथै उत्पादन वृद्धि गर्न किसानलाई मलखादको समयमा नै सर्वसुलभ उपलव्धता र सिचाई सेवा उपलव्ध हुने नीति तथा कार्यक्रहरु सञ्चालन गरिनु पर्ने, मुक्त कमैया मुक्त हलिया, दलित, महिला, वेरोजगार युवा, सुकुम्वासी र सिमान्तकृत समुदायको जिविकोपार्जनका लागी नीति तथा कार्यक्रहरु लागु गरिनुपर्ने लगायतका दश वुंदे सुझाव पेश गरिएको खाद्य अधिकार सञ्जाल वेदकोट नगरपालिका कञ्चनपुरका सदस्य ईन्द्रा डंगौराले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.